राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा ओर्लिएका ९ जना मन्त्रीमध्ये धेरैजसोले १५ सयभन्दा बढी मत ल्याएका छन्। एक हजारभन्दा कम भोट ल्याउने मन्त्री एक जना मात्र छन्।
केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेकामध्ये सर्वाधिक मत अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएका छन्। उनले २६५६ मत ल्याएका छन्।
केन्द्रीय सदस्यमा सबभन्दा कम मत ल्याउने मन्त्री युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव छन्। उनको भागमा ८६९ मत परेको छ।
केन्द्रीय सदस्यमा कुन मन्त्रीको कति मत?
अर्थमन्त्री स्वर्णिम वाग्ले (राष्ट्रिय क्लस्टर) – २६५६
कानुनमन्त्री सोबिता गौतम (राष्ट्रिय क्लस्टर) – २५९४
परराष्ट्रमन्त्री शिशिर खनाल (राष्ट्रिय क्लस्टर) – २४९५
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ (राष्ट्रिय) – २०९४
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल (राष्ट्रिय) – १८३३
स्वास्थ्य मन्त्री निशा मेहता (भूगोल) – १,८६१
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी (राष्ट्रिय) – १५१६
महिला तथा बालबालिका मन्त्री सीता वादी (भूगोल) – १७५१
युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव (राष्ट्रिय) – ८६९
यी ९ जनाबाहेक प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीपरिषदका ६ जना सदस्यले उम्मेदवारी दिएका छैनन्। प्रधानमन्त्री शाह सिधै वरिष्ठ नेतामा मनोनीत हुने भएकाले उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु पर्दैन।
त्यस्तै, गृहमन्त्री सुधन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले पनि उम्मेदवारी दिएका छैनन्।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिना, पर्यटन तथा नागरिक उड्डयन मन्त्नी खडकराज पौडेल (गनेश) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव पनि उम्मेदवारी नदिनेमा पर्छन्।